नियम ११
म्याद जारी गर्ने
: (१) यस नियमावली बमोजिम अदालतमा परेको उजुरी सम्बन्धमा विपक्षीलाई म्याद जारी गर्दा अनुसूची- ४ बमोजिमको ढाँचामा जारी गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम जारी गरिएको म्याद तामेल गर्दा विपक्षी वा निजका एकासगोलको उमेर पुगेका कुनै सदस्यलाई बुझाउनु पर्नेछ्। . विपक्षी वा निजको परिवारको उमेर पुगेका सदस्य फेला- नपरेमा वा त्यस्ता व्यक्तिले म्याद बुझी लिन इन्कार गरेमा सोही व्यहोरा जनाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको वडा अध्यक्ष वा वडा सदस्य वा कुनै सरकारी कार्यालयको कर्मचारी वा सम्बन्धित वडाको दुईजना स्थानीय व्यक्तिको रोहवरमा त्यस्तो म्याद गाउँपालिका वा नगरपालिकाको कार्यालयमा वा प्रतिवादीको घर भएको वडाको वडा कार्यालयमा टाँसी दिनु पर्नेछ। यसरी टाँसिए पछि त्यस्तो म्याद रीतपूर्वक तामेल भएको मानिनेछ।
तर उजुरवालाले गलत ठेगाना लेखिदिएको वा अदालतद्वारा गलत ठेगाना उल्लेख गरेको कारणले विपक्षीको घर डेरा पत्ता लाग्न सकेको रहेनछ भने यस उपनियम बमोजिम म्याद टाँस गरिएको कारणले मात्र त्यस्तो म्याद रीतपूर्वक तामेल भएको मानिने छैन।
(३) प्रतिष्ठान वा सङ्गठित संस्था वा रोजगारदाताको नाउँमा जारी हुने म्याद तामेल गर्दा प्रतिष्ठान वा सङ्गठित संस्था वा रोजगारदाताको प्रमुख वा कर्मचारीलाई बुझाउनु पर्नेछ र त्यस्तो व्यक्ति फेला नपरेमा वा निजले बुझी लिन इन्कार गरेमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको वडा अध्यक्ष वा वडा सदस्य -वा सम्बन्धित वडाको स्थानीय दुईजना व्यक्तिको रोहवरमा सोही व्यहोरा जनाई त्यस्तो प्रतिष्ठान वा सङ्गठित संस्था .ववा रोजगारदाताको कार्यालयमा वा त्यस्तो प्रतिष्ठान वा सङ्गठित संस्था वा रोजगारदाताको कार्यालय रहेको सम्बन्धित वडा कार्यालयमा टाँस गर्न सकिनेछ र यसरी टाँस गरेपछि त्यस्तो म्याद रीतपूर्वक तामेल भएको मानिनेछ।
(४) यस नियम बमोजिम: म्याद तामेल गर्दा उपनियम (२) बमोजिम विपक्षी वा निजको एकासगोलको उमेर पुगेको व्यक्ति वा उपनियम (३) बमोजिम प्रतिष्ठान वा सङ्गठित संस्थाको प्रमुख वा कर्मचारीले नै म्याद बुझेकोमा एक एक प्रति उजुरीको नक्कल समेत म्याद बुझी लिने व्यक्तिलाई बुझाई दिनु पर्नेछ र्‌ म्याद टाँस भएकोमा विपक्षी अदालतमा हाजिर भएका बखत त्यस्तो म्याद बुझाई दिनु पर्नेछ।
(५) यस नियम बमोजिम जारी हुने म्याद तामेल गर्न जाने कर्मचारीले बाटाका म्याद बाहेक साधारणतया तीन दिनभित्र/म्याद तामेल गरिसक्नु पर्नेछ। कुनै मनासिब कारण नभई सी अवधिभित्र म्याद तामेल नगरेमा त्यस्तो कर्मचारीलाई सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम कारबाही गर्न संकिनेछ।
(६) कसैले आफ्नो नाममा जारी भएको म्याद अदालतबाटै बुझिलिन आफ्नो नागरिकता वा परिचयपत्र खुल्ने कुनै कागजातको प्रतिलिपि सहित निवेदन दिएमा अदालतले निजलाई म्याद बुझाउन सक्नेछ र त्यसरी म्याद _बुझाएमा त्यस्तो म्याद रितपूर्वक तामेल भएको मानिनेछ।
(७) अदालतको मुकाम नरहेको जिल्लाका विपक्षी रहेकोमा त्यस्ता विपक्षीको सूचना सम्बन्धित .जिल्ला अदालत मार्फत तामेल गर्न सकिनेछ ।
(८) कुनै व्यक्तिको नाममा तामेल गर्नुपर्ने म्याद सूचना तामेल गर्न आवश्यकता अनुसार उजुरवाला वा पुनरावेदकको सहयोग लिन सकिनेछ र यसरी सहयोग मागेमा म्याद सूचना तामेली कार्यमा आवश्यक सहयोग पुच्याउनु सम्बन्धित उजुरवाला वा पुनरावेदकको कर्तव्य हुनेछ।